दमकमा आफ्नै साथीले गरे युवकको विभत्स हत्या | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

दमकमा आफ्नै साथीले गरे युवकको विभत्स हत्या

murder

काठमाडौं, १२ असोज । झापाको दमकमा एक युवाको धारिलो हतियार प्रहार गरी बिभत्स हत्या गरिएको छ । शुक्रबार बिहान युवकका आफ्नै साथीहरुले उनको हत्या गरेको अनुमान प्रहरीले लगाएको छ ।

उनीहरु सँगै रातभर दमकस्थित एक होटेलमा मादक पदार्थ सेवन गरेका थिए । युवाहरुबीच विवाद बढ्दै गएपछि उनीहरुमध्ये एकजनाको हत्या भएको हुनसक्ने बताइएको छ ।

मृत्यु हुनेमा इलामको चुलाचुलीस्थित पेल्टिमारीका गोविन्द लिम्बु रहेका छन् । २५ वर्षीया लिम्बुको हत्यामा सम्लग्न रहेको आरोपमा केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । हतियार प्रयोग गर्ने व्यक्ति फरार रहेको पाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);