एसियाड २०२३ मा नेपाललाई क्रिकेटको शान–नेपालको कीर्तिमान नै कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

एसियाड २०२३ मा नेपाललाई क्रिकेटको शान–नेपालको कीर्तिमान नै कीर्तिमान

काठमाडौं,११ असोज। चीनको हाङजाओमा जारी १९ औं एसियाली खेलकुद–२०२३ मा नेपाली पुरुष क्रिकेट टोलीले कीर्तिमानै कीर्तिमान रचेको छ । भर्खरै सम्पन्न एसिया कपमा नेपालले गरेको प्रदर्शनको विश्वमा वाहवाही भएको अवस्थामा नेपाली पुरुष क्रिकेट टोलीले रचेको यो कीर्तिमानले नेपाली क्रिकेटको झनै शान बढाएको छ ।

नेपालले बुधबार मंगोलियाविरुद्धको खेलमा सात नयाँ विश्व कीर्तिमान बनाएको हो । जसमा नेपालले टी २० अन्तर्राष्ट्रिय क्रिकेटतर्फ सर्वाधिक स्कोर बनाउने विश्व कीर्तिमान बनायो । जुन स्कोर सायद नै तोडिएला ।

नेपालले समूह ‘ए’ को लिगमा जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा मंगोलियाविरुद्धको खेलमा निर्धारित २० ओभरमा नेपालले ३ सय १४ रनको योगफल बनायो । यो टी २० फरम्याटमा अहिलेसम्मकै उच्चतम स्कोर हो । यसअघि सन् २०१९ अफगानिस्तानले आयरल्यान्डविरुद्ध २ सय ७८ रनको योगफल बनाएर विश्व कीर्तिमान कायम गरेको थियो ।

यस्तै, विपक्षी टिम मंगोलियालाई २ सय ७३ रनले हराएर नेपालले फराकिलो अन्तरले हराएको नयाँ विश्व कीर्तिमान पनि रचेको छ । यो कीर्तिमान पनि तोडिन सायद समय लाग्न सक्छ । मंगोलिया १३।१ ओभरमा ४१ रनमा अलआउट भएको थियो । यसअघि चेक रिपब्लिकले टर्कीलाई सन् २०१९ मा भएको खेलमा २ सय ५७ को रनअन्तरले हराएर विश्व कीर्तिमान रचेको थियो ।

नेपालले उच्चतम योगफल र फराकिलो जितको कीर्तिमानसँगै व्यक्तिगततर्फ पनि छिटो शतक र अर्धशतक बनाउने कीर्तिमान बनाएको छ । कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे भने दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गरेका हुन् ।

५० बलमा १२ छक्का र ८ चौकासहित १ सय ३७ रन बनाएका कुशलले ३४ बलमा टी २०मा शतक प्रहार गरेका थिए । कुशलले दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरको विश्व कीर्तिमानलाई भंग गरे । उनीहरूले ३५ बलमा टी २० शतक प्रहार गरेका थिए ।

त्यस्तै, दीपेन्द्रसिंहले विष्फोटक ब्याटिङ नै गरे । उनले १० बल मात्र खेल्दै ८ छक्काको मद्दतमा अविजीत ५२ रन बनाए । उनले ९ बलमा अर्धतशतक पूरा गर्दा लगातार ६ बलमा छक्का पनि प्रहार गरेका थिए । उनले टी २० मा भारतीय अलराउन्डर युवराज सिंहले राखेको १२ बलमा अर्धशतकको विश्व कीर्तिमानलाई छायाँमा पारेका छन् । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);