पौडीमा डुआना र नासिरको खराब प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पौडीमा डुआना र नासिरको खराब प्रदर्शन

काठमाडौं, १० असोज
नेपालका पौडीबाजद्वय डुवाना लामा र नासिर हुसेनले जारी १९ औं एसियाली खेलकुदमा निराशाजनक प्रदर्शन गर्दै बाहिरिएका छन् ।
बुधवार हानझाओ ओलम्पिक सेन्टरस्थित एक्वाटिक स्पोटर््स एरिनामा बुधवार डुवाना लामा र नासिर दुवैले खराब प्रदर्शन गरेका हुन् । पुरुष दुई सय मिटर फ्रिस्टाइलमा नासिरले २ मिनेट १४ मिलिसेकेण्ड समय निकाले । उनको समय हिटमा नै सातौं स्थानमा रह्यो । नासिरले जारी एसियाडमा आफ्नै उत्कृष्ट प्रदर्शन एक मिनेट ५७ सेकेण्ड २६ मिलिसेकेन्डको समय पनि भेट्टाउन सकेनन् ।

उनले यो राष्ट्रिय कीर्तिमान सन् २०२३ मा जापानमा भएको विश्व च्याम्पियनसिमा बनाएका थिए । यता, महिला एक सय मिटर ब्रेस्टस्टोकमा प्रदर्शन गरेकी १७ वर्षीया डुवाना पनि हिटमा नै पुछारमा रहिन् । उनले एक मिनेट २० सेकेण्ड १५ मिलिसेकेण्डमा उक्त दुरी पूरा गरिन् । उनले पनि आफ्नै उत्कृष्ट समय पनि भेट्टाउन सकिनन् । उनले यस विधामा सन् २०१९ मा नेपालमा नै एक मिनेट १७.२३ सेकेण्ड बनाएकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);