काठमाडौं, १० असोज । पछिल्लो समय चलचित्र‘उपहार’मा ब्यस्त भइरहेकी अभिनेत्री रेखा थापा आमा बन्दै छिन् ।
रेखाको पेटमा ५ महिनाको सन्तान हुर्किरहेको बुझिएको छ । रेखाले गत वर्ष बलराम शाहीसँग विवाह गरेकी थिइन् । उनले आगामी फागुनमा सन्तान जन्माउने तयारी रहेको बताइएको छ ।
रेखा यतिबेला फिल्मको छायांकनमा ब्यस्त छिन् । बलिउड आलिया भट्टले पनि गर्भवती अवस्थामा फिल्मको सुर्टिङमा थिइन् । रेखाले पनि फिल्मको सुर्टिङ नियमित जस्तो गरिरहेकी छिन् ।
“भविष्य पनि “गजबको ‘उपहार’ हो, जो नआउँदै हामीलाई किस्ता किस्तामा खुसी पठाइदिन्छ” केही दिन अघि रेखाले सामाजिक सञ्जालमा लेखेकी थिइन् । घुमाउरो पाराले रेखाले सन्तानको आगमन हुने संकेत गरेकी थिइन् ।