काठमाडौं, १० असोज । इराकको निनेभे प्रान्तको हम्दानिया जिल्लामा एक विवाह समारोहमा आगलागी भएको छ । आगलागीका कारण एक सय जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
यस दुर्घटनामा कम्तीमा १५० जना घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । आगो नियन्त्रणको प्रयास जारी छ ।
इराकको निनेभे प्रान्तको हम्दानिया जिल्लामा एक विवाह समारोहमा भीषण आगलागी भएको हो । एक सुरक्षा अधिकारीले बुधबार बिहान यो जानकारी दिएका हुन् ।