दशैँ, तिहारमा हुने कालोबजारी रोक्न निरन्तर बजार अनुमगन हुन्छः मन्त्री रिजाल | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

दशैँ, तिहारमा हुने कालोबजारी रोक्न निरन्तर बजार अनुमगन हुन्छः मन्त्री रिजाल

काठमाडौं, ९ असोज
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुमगन गर्ने बताउनुभएको छ । मंगलवार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारको तर्फबाट यस अवस्थामा ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न नदिने र निरन्तर बजार अनुमगन गर्ने बताउनु भयो । उहाँले २०४५ सम्म शुन्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज,उर्जालाई स्वच्छ एवं नविकरणीय उर्जाले बिस्थापित गर्ने नीति लिएको पनि उल्लेख गर्नुभयो । उहाँले जीवाश्म इन्धनको प्रयोगलाई बिस्तारै घटाउँदै जानुपर्ने अवस्था आइसकेको बताउनु भयो । उहाँले तत्कालै देशभित्र नविकरणीय र हरित उर्जाको पर्याप्त मात्रामा उत्पादन भइ नसकेको वर्तमान अवस्थामा एलपी ग्याँस लगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न नसकिने बताउनु भयो ।

मन्त्री रिजालले उद्योगीहरुले व्यवसायिक निष्ठा कायम राख्दै ग्याँस उद्योग मर्यादित, व्यवस्थित र सुरक्षित उद्योगको रुपमा विकास गर्न आग्रह गर्नुभयो । उहाँले सबै ग्याँस उद्योगले आम जनताको जिउ धनको सुरक्षालाई प्राथमिकतामा राखेर मात्रै आफ्ना उत्पादन बजारमा ल्याउन आग्रह गर्नुभयो । उहाँले सरकारले तोकेको सबैखाले मापदण्ड पूरा गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);