काठमाडौं, ९ असोज
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुयाउनुपर्ने राज्यको दायित्व भएको बताउनुभएको छ । मंगलवार खानेपानी सरसफाई तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले स्वच्छ खानेपानी तथा सरसफाई हाँसिल गर्ने यात्रामा चुनौति र अवसरहरु खोजी गर्दै प्रगति र समतामुलक विकासतर्फ डो¥याउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा वास क्षेत्रको भविष्यलाई आकार दिन आवश्यक रहेको बताउनु भयो । मन्त्री भण्डारीले सरकारले बनाउने योजना जनसंख्याको आधारमा हुनुपर्ने बताउनु भयो ।
मन्त्री भण्डारीले शहरी विकास र खानेपानीको अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै दुवै क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताउनु भयो ।