काठमाडौं, ९ असोज । आज दुई वटा संसदीय दलको बैठक बस्दैछ । जसअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दैछ ।
बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सैद्धान्तिक छलफल हुनेछ ।
त्यस्तै बिहान ८ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु संपरीक्षण सम्बन्धमा सार्वजनिक लेखा समितिको भुमिका र संपरीक्षणको विधि सम्बन्धमा छलफल हुनेछ ।