काठमाडौं, ८ असोज । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज बेइजिङमा भेटवार्ता भएको छ । उनीहरुबीच चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो ।
वार्तामा नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता, नेपाल–चीन सीमापार विद्युत् व्यापार तथा बीआरआईअन्तर्गत चिनियाँ अनुदानमा एक वा दुई परियोजना निर्माणका विषयमा छलफल भएको बताइएको छ । औद्योगिक पार्क निर्माणका विषयमा पनि चिनियाँ पक्षसँग वार्ताको एजेन्डा छ । यसअघि आइतबार चीनको बेइजिङमा आयोजित नेपाल–चीन शिखर व्यापार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाल र चीनको आर्थिक साझेदारीले लगानी सम्बन्धलाई बलियो बनाउने बताउनुभएको छ ।