२ करोडको कारमा बसेर फराहले सडकमै किनिन् ट्राइपड,११० रुपैयाँ फिर्ता मागेको भिडियो भाइरल | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

२ करोडको कारमा बसेर फराहले सडकमै किनिन् ट्राइपड,११० रुपैयाँ फिर्ता मागेको भिडियो भाइरल

एजेन्सी, ७ असोज । फिल्म निर्माता तथा कोरियोग्राफर फराह खानले हरेक दिन आफ्नो फनी भिडियो शेयर गर्छिन् । उनको नयाँ भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ जसमा उनी सडक छेउका व्यापारीसँग बार्गेनिङ गरिरहेको देखिन्छ ।
सामान्यतया उनका विशेष साथी करण जोहर फराहसँग यस्ता फनी भिडियो बनाउँछन् तर यसपटक यो भिडियो निर्देशक पुनित मल्होत्राले शेयर गरेका छन् ।

शनिबार पुनीतले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा भिडियो सेयर गरेका छन् । यस भिडियोमा फराह आफ्नो BMW सीरीज 7 मा बसेर सडकका व्यापारीसँग किनमेल गरिरहेको देखिएकी छिन् । यो लक्जरी कारको मूल्य २ करोड भारु रहेको छ ।
भिडियोमा फराहले सडक छेउमा सामान बेच्ने एक व्यक्तिलाई बोलाएर ट्राइपडको मूल्य कति पर्छ भनेर सोधिन् । बिक्रेताले ३९० रुपैयाँ भएको बताएपछि फराहले निकै महँगो भएको बताइन् । त्यसपछि उनलाई ५ सयको नोट दिंदै फराहले ११० रुपैयाँ फिर्ता गर भनिन् ।

यो सेयर गर्दै पुनित मल्होत्राले लेखेका छन्, ’म कसम खान्छु उनले आफ्नो BMW सिरिजमा यो ट्राइपड खोज्दा पेट्रोलमा बढी खर्च गरे।’ फराहको निर्देशकको रूपमा अन्तिम फिल्म २०१४ मा रिलिज भएको ‘ह्याप्पी न्यू इयर’ थियो । उनले भर्खरै रिलिज भएको शाहरुख खान अभिनित फिल्म जवानको ‘चलेया’ गीतको कोरियोग्राफी गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);