टर्कीले जनवरीदेखि अगस्टसम्म ३३.४ मिलियन विदेशी पर्यटक भित्र्यायो | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

टर्कीले जनवरीदेखि अगस्टसम्म ३३.४ मिलियन विदेशी पर्यटक भित्र्यायो

काठमाडौं, ६ असोज
टर्कीले जनवरीदेखि अगस्टसम्म ३३.४ मिलियन विदेशी पर्यटकलाई देशमा भित्र्याएको छ । गत वर्षको तुलनामा १३.९५ प्रतिशतले पर्यटकमा वृद्धि भएको हो । टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले शुक्रवार यसबारेमा जानकारी गराएको थियो । टर्कीका लागि आर्थिक केन्द्रका रुपमा पर्यटकीय क्षेत्र हो ।

यस वर्षको पहिलो आठ महिनामा ११.५ मिलियन आगन्तुकहरुलाई आकर्षित गरेको मन्त्रालयले जनाएको छ । भूमध्यसागरीय प्रान्त अन्ताल्या समुन्द्री तटका लागि परिचित छ । यहाँ यस वर्ष १०.२ मिलियन पर्यटक आएका छन् । त्यस्तै उत्तरपश्चिमी सीमावर्ती प्रान्त एडिर्नेले छिमेकी ग्रिस र बुल्गेरियाबाट ३.२ मिलियन पर्यटक भित्र्याएको छ ।

पछिल्लो ८ महिनामा रुस, जर्मनी र बेलायतबाट टर्की भ्रमण गरेका छन् । टर्कीले २०२२ मा ५१.४ मिलियन पर्यटक भित्र्याएको थियो भने त्यसबाट ४६ बिलियन अमेरिकी डलर राजश्व जम्मा पारेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);