क्रिकेटको बिस्तार र सबलीकरणमा उच्च प्राथमिकता दिन्छौँः कार्यवाहक प्रधानमन्त्री खड्का | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

क्रिकेटको बिस्तार र सबलीकरणमा उच्च प्राथमिकता दिन्छौँः कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाण्डौ, ५ असोज
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले क्रिकेट पूर्वाधार निर्माण र व्यवसायीकरणका लागि यथेष्ठ लगानीको वातावरण बनाउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा शुरु भएको नेपाल क्रिकेट संघको केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले समितताहरु हुँदाहुँदै पनि नेपाली क्रिकेटको प्रश्तुती गौरवयोग्य रहेको बताउनु भयो । उहाँले चुनौतिहरुका बाबजुद क्रिकेटमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै बढोत्तरी गरेर यसका नियमाक निकायमा अवाञ्छित हस्तक्षेप रोक्नुमात्र अब पर्याप्त नहुने भन्दै क्रिकेटमा लगानी बढाउने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो । उपप्रधान एवं रक्षामन्त्री खड्काले खेल क्षेत्रलाई थप मर्यादित, सुरक्षित, एवं व्यवसायिक तुल्याउन सरकारी तथा निजी क्षेत्रबाट उदारतापूर्वक अघि बढ्नु आजको आवश्यकता भएको बताउनु भयो । उहाँले नेपाली टिमको औषत आयु हेर्दा विश्वका जवान टिममध्ये एक भएको भन्दै थुप्रै क्रिकेटप्रेमी युवाहरु सुनौलो अवसरको आशामा क्रिकेटमार्फत आफ्नो खेल सक्षमता र कुशलता प्रदर्शन गर्न आतुर रहेको बताउनु भयो । उहाँले क्रिकेटको बिस्तार र सबलीकरण गर्न उच्चतम प्राथमिकताका साथ काम अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल सरकार र संवद्ध सबै संघसंस्था र खेलाडीहरु स्वयंले पनि नेपालको महिला क्रिकेट टिमलाई सशक्त र मजबुत तुल्याउन दीर्घकालीन योजना बनाइ उच्च तदारुकताका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले कीर्तिपुर खेल मैदानमा भौतिक विकास गर्नका लागि २८ करोडको बहुवर्षीय ठेक्का अगाडि बढेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);