हेभी सवारी चालक तालिम सुरू | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

हेभी सवारी चालक तालिम सुरू

काठमाडौं,५ असोज । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १४ औं समूहको हेभी सवारी चालक तालिम संचालन भएको छ ।

उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक ई।अनुप श्रेष्ठले बिहीबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्दै हेभी सवारी साधन चलाउन र सामान्य मर्मत सम्भार गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो ।

प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उक्त तालिममा प्रहरी सहायक हवल्दार १६ जना र प्रहरी जवान १४ जना गरी जम्मा ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);