गाँजासहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०८०, बिहीबार

गाँजासहित दुई जना पक्राउ

gaja
बारा,५ असोज । अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।  कोल्हबी नगरपालिका–२ भलुवाईखोरबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१६ बस्ने ४३ वर्षीय रुद्र बहादुर स्याङतान र सोही उपमहानगरपालिका–१ बस्ने ३१ वर्षीय कुमार घलान रहेका छन् । अस्थाई प्रहरी पोष्ट बाराबाट खटिएको प्रहरीले तामागढीबाट कोल्हबीतर्फ आउँदै गरेको ना.२ ह २२२१ नम्बरको टेम्पुलाई जाँच गर्ने क्रममा ईन्जिनको भागमा बाँधी लुकाई छिपाई ५ वटा पोकामा राखेको उक्त गाँजासहित टेम्पो चालक रूद्ध बहादुर र टेम्पोमा सवार कुमारलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply