बाँकेको बाल सुधार गृहमा दुई पक्षबीच झडप, एकको मृत्यु, १० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

बाँकेको बाल सुधार गृहमा दुई पक्षबीच झडप, एकको मृत्यु, १० जना घाइते

काठमाडौं, ५ असोज । बाँकेको जयेन्द्र बाल सुधार गृहभित्र एक जनाको मृत्यु भएको छ । डडुवा गाउँपालिका–६ आसमानपुरस्थित बाल सुधार गृहमा राखिएकाहरुबीच गएराति नै झडप भएको थियो ।

मृत्यु हुनेमा कपिलवस्तु रुद्रपुरका सलभ केसी रहेको बुझिएको छ । उनी अपहरण, शरीर बन्धक र जबरजस्ती करणी कसुरमा सुधारगृहमा बस्दै आएका थिए । झडपमा ११ जना घाइते भएको र एक जनाको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । घाइते भएका सबैको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सुधारगृह भित्र बस्नेहरुले गृहका झ्यालका सिसा फुटाउँदै प्रहरीमाथि नै ढुंगा र इँटा प्रहार गरेपछि अवस्था तनावपुर्ण बनेको बताइएको छ । अहिले पनि गृहभित्र बस्नेहरुले नाराबाजी गरिरहेका छन् । सो गृहमा हाल करिब ३ सय जना छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);