मलंगवामा हिन्दु र मुस्लिम समुदायबीच झडप,अनिश्चितकालीन कफ्यु जारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

मलंगवामा हिन्दु र मुस्लिम समुदायबीच झडप,अनिश्चितकालीन कफ्यु जारी

काठमाडौं, ५ असोज । सर्लाहीमा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले कफ्यु लगाएको छ । मलंगवामा हिन्दु र मुस्लिम समुदायबीच गणेशको मुर्ति सेलाउने जाने क्रममा एक युवक माथि चक्कु प्रहार भएको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

पटक-पटक झडप हुन थालेपनि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कफ्यु आदेश जारी गरेको हो । मुर्ति सेलाउने क्रममा बिजुलीको लाइन समेत काटिएको थियो । सोही क्रममा ढुंगामुडा प्रहार भएपछि झडप समेत भएको थियो । अप्रिय घटना नहोस भन्नका लागि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्यु आदेश जारी भएको हो ।

कफ्यु लगाइएको सीमाभित्र आवातजावत गर्न,भेला हुन,बाहिर हिडडुल गर्न र कुनै प्रकारको उच्छुखंल गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);