वित्तीय अपराधलाई सम्बोधन गर्नेगरी वित्तीय अनुसन्धान ब्युरो स्थपाना गर्नुपर्छः महानिरीक्षक कुँवर | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

वित्तीय अपराधलाई सम्बोधन गर्नेगरी वित्तीय अनुसन्धान ब्युरो स्थपाना गर्नुपर्छः महानिरीक्षक कुँवर

काठमाण्डौ, ४ असोज
नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताउनुभएको छ ।  बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताउनुभएको हो ।

उहाँले सिमान्तकृत वर्गप्रति अझ सहज र सेवाग्राहीमैत्री भएर काम गर्ने प्रयत्न गरिएको बताउनु भयो । त्यस्तै प्रहरीले आफ्नो व्यवहार सुधार्दै व्यवसायिक ढंगले काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले हाल दुई वर्षे कार्ययोजना बनाइ १४ वटा लक्ष्य तोकेर काम गरिरहेको पनि स्पष्ट पार्नुभयो । महानिरीक्षक कुँवरले सरुवा मापदण्ड बनाएर प्रहरीको सरुवा गरेसँगै प्रहरीको मनोबल बढेको बताउनु भयो । प्रहरी सरुवामा शक्ति र पहुँच नहुनेहरुले पनि अवसर पाएको उहाँको भनाई छ ।

महानिरीक्षक कुँवरले प्रहरी समक्ष आर्थिक क्षेत्रका उजुरीहरुपनि धेरै आउन थालेको भन्दै यसले प्रहरीलाई समेत समस्या परिरहेको बताउनु भयो । उहाँले वित्तीय अपराधलाई सम्बोधन गर्नेगरी वित्तीय अनुसन्धान ब्युरो स्थपाना गर्नुपर्ने बताउनु भयो । त्यसको निम्ति राज्य गम्भिर हुनुपर्ने उहाँले बताउनु भयो ।

त्यसैगरी बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले डिजिटल कन्सेप्टका साथ सीमा सुरक्षा गर्न बजेट पर्याप्त भएमा सीमानाको सुरक्षा गर्न र राजश्व चुहावटलाई रोक्न सहज हुने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सीमानाको रुपमा हेर्नुपर्ने बताउनु भयो । अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी बललाई परिचालित गरेमा तस्करीका कामहरुलाई नियन्त्रण गर्न सकिने उहाँले बताउनु भयो ।
उहाँले लागुऔषध, सिमा अपराध लगायतका विभिन्न कामहरु सशस्त्र प्रहरीले गर्नुपर्ने भएकाले २६ वटा ऐनमा सशस्त्र प्रहरी बलको भुमिका तोकिनुपर्ने अवस्था रहेको पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);