काठमाडौं, ४ असोज । संसदमा पेस भएको विद्यालय शिक्षा विधेयकको विरुद्ध बुधबारदेखि आन्दोलन सुरु गरेका शिक्षकहरुले सडकमै हाजिरी गर्दै आएका छन् । देशभरबाट थुप्रिएका शिक्षक कर्मचारीहरुले सडकमै हाजिरी गर्न थालेका हुन् ।
प्रत्येक जिल्ला जिल्ला र पालिकामार्फत प्रतिनिधित्व गरेर शिक्षक कर्मचारीहरु काठमाडौं आएका छन् । शिक्षकहरुलाई पालिकामार्फत हाजिरी गरेर जिल्ला,प्रदेश हुँदै केन्द्रमा हाजिरी पठाउन निर्देशन छ ।
सोही अनुसार प्रत्येक दिनको हाजिरी आन्दोलन सकिएपछि नेपाल शिक्षक महासंघको केन्द्रीय कार्यालयमा पठाउनुपर्ने छ । आन्दोलनमा होमिएका शिक्षक कर्मचारीहरुलाई अनिवार्य रुपमा रजिस्टरमा हाजिरी गर्न निर्देशन दिइएको छ ।