तान्जानिया पठाइदिन्छु भन्दै ठगी गर्ने सिंह पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

तान्जानिया पठाइदिन्छु भन्दै ठगी गर्ने सिंह पक्राउ

काठमाडौं,३ असोज । तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दैलेख नारायण नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने ४२ वर्षीय गणेश बहादुर सिंहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सिंहले १ जनालाई वैदेशिक रोजगारका लागि तान्जानिया पठाइ आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट रकम  लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं सितापाइला चोकबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको छ ।

Leave a Reply