काठमाडौं ३ असोज । विद्यालय शिक्षा सम्बन्धि विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौंमा आज बृहत आन्दोलन गरेका छन् ।
देशभरका शिक्षक काठमाडौंमा आएर माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका छन् । नेपाल शिक्षक संघको आह्वानमा देशभरबाट शिक्षकहरु सहभागी भएका छन् ।
सरकारले मंगलबार वार्ताका लागि आह्वान गरेपनि महासंघ वार्तामा सहभागी नभई आन्दोलनमा उत्रिएको हो ।
विगतमा भएको सहमती अनुसार विधेयक नआएको भन्दै विधेयकका विभिन्न प्रावधान संसोधन गर्नुपर्ने माग गर्दै आन्दोलन थालेका हुन् ।
शिक्षकहरूको आन्दोलनको कारण देशभरका झण्डै ३० हजार विद्यालय बन्द हुनुका साथै ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन् ।
शिक्षकहरूले सडकै ढाकेर आन्दोलन गरेपछि ट्राफिकलाई सवारी आवागमत सुचारु गराउन हम्मेहम्मे परेको छ ।
विभिन्न जिल्लाबाट शिक्षकशिक्षिका गाडी रिजर्भ गरेर आन्दोलनका लागि काठमाडौं आएका छन् ।