समतामुलक समाजको सिर्जना गर्नु सबैको साझा दायित्व : मन्त्री खड्का | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

समतामुलक समाजको सिर्जना गर्नु सबैको साझा दायित्व : मन्त्री खड्का

काठमाडौं, ३ असोज । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयन गरी सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्त गर्दै समतामुलक समाजको सिर्जना गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

बुधवार सविधान दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवं रक्षामन्त्री समेत रहनुभएका खड्काले अबको देशको कार्यसूचि सुशासन, समृद्धि र सामाजिक न्याय रहेको बताउनु भयो । उहाँले भौतिक पूर्वाधारका साथै आर्थिक, सामाजिक र पूर्वाधार निर्माणमा जोड दिँदै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशिघ्र साकार तुल्याउन अब सबै थप समर्पण भावका साथ जुट्नुपर्ने बताउनु भयो । उहाँले सरकारले स्वास्थ्य, पूर्वाधार एवं सेवाहरुको बिस्तार र सुदृढीकरण गरी महामारी नियन्त्रण र विपद् व्यवस्थापन तथा न्युनिकरण गर्न सक्दो प्रयास गरिरहेको समेत उल्लेख गर्नुभयो । उहाँले डेंगु रोग फैलिन नदिन तथा यसबाट हुनसक्ने सम्भावित क्षति न्युनिकरण गर्न सरकारले आवश्यक तयारी गर्नुका साथै प्रदेश र स्थानीय तहसम्म समन्वय गरिरहेको पनि बताउनु भयो । कार्यवाहक प्रधानमन्त्री खड्काले देशको पूर्वी पहाडी भूभाग लगायत विभिन्न क्षेत्रमा आएका बाढी, पहिरो जस्ता विपद्का कारण भएको जनधनको क्षतिमा तत्काल राहत, उद्धार तथा पुनः स्थापनाका लागि प्रदेश र स्थानीय तहको समेत समन्वयमा सरकारले तदारुकताका साथ काम गरिरहेको बताउनु भयो ।

उहाँले संविधानको मर्म र भावना बमोजिम नागरिकलाई खुशी एवं सम्पन्न बनाउन, सुशासनको प्रत्याभुति दिन र भ्रष्टाचार अन्त्य गर्न राज्यका सम्पूर्ण संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गरिएको बताउनु भयो । उहाँले उपलब्ध आधुनिक प्रविधिको समेत प्रयोग गरी नागरिकलाई राज्यबाट दिनुपने सेवालाई सरल र सुलभ बनाउन सरकार प्रयत्नशील रहेको बताउनु भयो । शिक्षा, स्वास्थ्य जस्ता आधारभुत सेवामा सबै नेपालीको समान र सहज पहुँच होस् भन्ने विषयमा सरकार सचेत र सजग रहेको दाबी गर्नुभयो । उहाँले संविधानप्रति आग्रह र पूर्वाग्रह नराखि नागरिकको हितमा जुट्न आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अबको हाम्रो कार्यसूचि सुशासन, समृद्धि र सामाजिक न्याय हो । यसैले भौतिक पूर्वाधारका साथै आर्थिक, सामाजिक र पूर्वाधार निर्माणमा जोड दिँदै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशिघ्र साकार तुल्याउन अब हामी सबै थप समर्पण भावका साथ जुट्नुपरेको छ । संविधानको कार्यान्वयनबाट सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जान जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्त गरी समतामुलक समाजको सिर्जना गर्नु हाम्रो साझा दायित्व हो । सरकारले स्वास्थ्य, पूर्वाधार एवं सेवाहरुको बिस्तार र सुदृढीकरण गरी महामारी नियन्त्रण र विपद् व्यवस्थापन तथा न्युनिकरण गर्न सक्दो प्रयास गरिरहेको छ । डेंगु रोग फैलिन नदिन तथा यसबाट हुनसक्ने सम्भावित क्षति न्युनिकरण गर्न सरकारले आवश्यक तयारी गर्नुका साथै प्रदेश र स्थानीय तहसम्म समन्वय गरिरहेको छ । देशको पूर्वी पहाडी भूभाग लगायत विभिन्न क्षेत्रमा आएका बाढी, पहिरो जस्ता विपद्का कारण भएको जनधनको क्षतिमा तत्काल राहत, उद्धार तथा पुनः स्थापनाका लागि प्रदेश र स्थानीय तहको समेत समन्वयमा सरकारले तदारुकताका साथ काम गरिरहेको छ । यसबाट जनताले राहत महशुस गर्ने र सरकारको विपद् व्यवस्थापन संयन्त्रप्रति जनताको भरोसा बढेर जानेछ भन्ने विश्वास छ । संविधानको मर्म र भावना बमोजिम नागरिकलाई खुशी एवं सम्पन्न बनाउन, सुशासनको प्रत्याभुति दिन र भ्रष्टाचार अन्त्य गर्न राज्यका सम्पूर्ण संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गरिएको छ । उपलब्ध आधुनिक प्रविधिको समेत प्रयोग गरी नागरिकलाई राज्यबाट दिनुपने सेवालाई सरल र सुलभ बनाउन सरकार प्रयत्नशील छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभुत सेवामा सबै नेपालीको समान र सहज पहुँच होस् भन्ने विषयमा सरकार सचेत र सजग छ । संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएका छौँ । यसमा आग्रह र पूर्वाग्रह नराखि नागरिकको हितमा जुट्न आह्वान गर्न चाहन्छु ।’

कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानको पूर्ण पालना र कार्यान्वयनमा सबै एकतावद्ध हुन जरुरी रहेको बताउनु भयो । उहाँले संविधान देशको मुल कानून हुनका साथै समाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक एवं मनोवैज्ञानिक चेतनाको दर्पण भएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);