क्यानडाका कूटनीतिज्ञलाई देश छाड्न भारतको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

क्यानडाका कूटनीतिज्ञलाई देश छाड्न भारतको आग्रह

एजेन्सी, २ असोज । भारत सरकारले देशमा रहेका क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरेको छ । उनलाई देश छाड्न ५ दिनको समय दिइएको छ । वास्तवमा, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारत सरकारलाई सिख नेताको हत्या गरेको आरोप लगाए । ट्रुडोले संसदमा भने– भारत सरकारका एजेन्टहरूले सिख समुदायका नेता हरदीप सिंह निज्जरको ब्रिटिश कोलम्बिया, क्यानडामा जुनमा हत्या गरेका थिए।

सेप्टेम्बर ९–१० मा भारतमा भएको जी २० बैठकमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो मुद्दा उठाएको पनि ट्रुडोले बताए । क्यानडा सरकारले प्राप्त गरेको गुप्तचर सूचनाका आधारमा उनीहरुले यस्तो आरोप लगाएका हुन् ।

यसै क्रममा क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले आफ्नो सरकारले क्यानडामा भारतीय गुप्तचर निकायका प्रमुख रहेका भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको बताइन् । यद्यपी जोलीले यस कूटनीतिज्ञको बारेमा कुनै जानकारी दिएकी छैनन् ।

भारतले क्यानडाले लगाएको सबै आरोप अस्वीकार गरेको छ । विदेश मन्त्रालयले भन्यो– क्यानडाका सबै आरोप बेतुका छन् । क्यानडाका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्री मोदीलाई पनि यस्तै आरोप लगाएका थिए र ती पूर्ण रूपमा अस्वीकार गरियो।’

त्यस्ता आधारहीन आरोपहरू खालिस्तानी आतंककारी र अतिवादीहरूबाट ध्यान हटाउने प्रयास हुन् । उनीहरूलाई क्यानडामा अभयारण्य दिइएको छ र उनीहरू भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि खतरा हुन् ।

ट्रुडोले सांसदहरूलाई भने– क्यानाडाको भूमिमा एक नागरिकको हत्यामा विदेशी सरकारको संलग्नता हाम्रो देशको सार्वभौमसत्ताको उल्लङ्घन हो । यो हत्याको अनुसन्धानमा सहयोग गर्न भारत सरकारलाई दबाब दिनेछौं । प्रधानमन्त्री ट्रुडोले भने– क्यानडामा बसोबास गर्ने भारतीय मूलका सिखहरूको ठूलो जनसङ्ख्या यस हत्याप्रति क्रोधित छ। धेरै सिखहरू आफ्नो सुरक्षाको लागि डराउँछन्। देशमा भारतीय मूलका १४–१८ लाख नागरिक छन्, जसमध्ये धेरै सिख छन्। क्यानडाको विपक्षी दल न्यु डेमोक्रेटिक पार्टीका नेता जगमीत सिंह सिख समुदायका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);