काठमाडौं, २ असोज । सत्तारुढ नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको बैठक बस्दैछ । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि निम्ता दिइएको बुझिएको छ ।
विश्व र प्रदीपलाई आफ्नो समुहमा भित्राउने उद्देश्यले बैठक बोलाइएको हो । शेखर–गगन समुहमा विश्व–प्रदिपलाई भित्राउन केही नेताहरु खटिएका छन् ।
केही दिन अघि पनि अर्जुननरसिंह केसीले विश्व र प्रदीपसहितको बैठक बोलाएका थिए ।