काठमाडौं, १ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भू–भाग र मध्य प्रदेशको पश्चिमी भू–भाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा र देशका बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर–पश्चिम प्रदेश सहित देशका पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।