कञ्चनपुरका थारु समुदायमा हर्षोल्लासका साथ मनाईदै अटवारी पर्व | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८१, शुक्रबार

कञ्चनपुरका थारु समुदायमा हर्षोल्लासका साथ मनाईदै अटवारी पर्व

पुष्कर भट्ट,कञ्चनपुर, भदौ ३१ । कञ्चनपुरका थारु समुदायका पुरुषहरूले आज हर्षोल्लासका साथ अटवारी पर्व मनाइरहेका छन् । थारु समुदायले भदौ महिनाको कृष्णअष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् । थारू समुदायको प्रमुख सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा रहेको अँट्वारी पर्व एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रुपमा मनाइने गर्दछ । थारू समुदायको प्रमुख सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा रहेको अँट्वारी पर्व हरेक वर्ष कृष्ण जन्माष्टमी पछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसी पछिको पहिलो आइतबारका दिन अँट्वारी पर्व मनाइन्छ । कुशे औंसी पछिको पहिलो आइतबार र भाद्र शुक्ल पक्षको पहिलो आइतबार भाद्र ३१ गते परेकोले उक्त दिन थारु समुदायको अँट्वारी पर्व परेको छ । अँट्वारी मुलतः थारु समुदायका पुरुषले मनाउने पर्व हो तर थारु समुदायका महिला पनि अँट्वारी व्रत बस्ने गर्दछन ।

पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया र दाङ जिल्लाका थारु समुदायले अँट्वारी पर्व मनाउने गरेका छन । थारु समुदायको यो माघी पछिको दोस्रो प्रमुख सांस्कृतिक, सामाजिक पर्व हो ।अँट्वारी पर्बको अघिल्लो दिन शनिबार मध्य रातीमा दर खाएर यो पर्व सुरु हुन्छ र आइतबार ब्रत बस्ने गरिन्छ ।

साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिप पोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अँट्वारी पुजा गर्ने गर्दछन । अँट्वारी पुजामा अण्डीक रोटी, काँक्रो, दही, केरा, बेलौटी लगायतका अग्रासन झिकेर पूजा गरिन्छ । त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडी युक्त तरकारी र भातको फरहार गरिन्छ । फरहार पछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको छ । अँट्वारी माइतीले आफ्ना छोरी लाई सम्मान दिने तथा दाजुभाई र दिदी बहिनी बीच माया प्रेम साट्ने पर्वका रूपमा स्थापित छ ।

पर्वका दिन थारु समुदायका पुरुषहरू दिनभरि व्रत बसी साँझ घरमा पवित्र तरिकाले रोटी पकाई दही, फलफूलसाथ अग्नि देवतालाई अपर्ण गरी आफ्ना दिदीबहिनीको नाममा अग्रासन छुट्याई परिकार खाने गर्दछन् ।
यस पर्वमा पाँच पाण्डवमध्ये भीमको पूजा गर्ने गरिन्छ । प्राचीन दाङका राजा दङ्गीशरणको राज्यलाई भीमले शत्रुबाट बचाएको सम्झनामा यो पर्व मनाउन थालिएको स्थानिय रोशनलाल चौधरी बताउनु हुन्छ ।
यस पर्वलाई थारु समुदायले मघि पछिको ठूलो पर्वका रूपमा मनाउने गरेका छन् । शनिबार यहाँका थारु समुदायले पिठो पिस्ने, तोरीको तेल पेल्ने र पाकेको केरा घरमा ल्याउने कार्य गर्दछन ।
अट्वारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रुपमा मनाइने गरेको र छुट्याइएको अग्रासन विवाहित चेलीबेटीको घरमा दिन जाने चलन भएको थारु अगुवा बिर ब.डगौंरा बताउछन ।

परिकारका रूपमा हलुवा, रोटी, फुलौरा, पतौला आदि बनाइन्छ । परिकार अग्निमा होमे पछि खानपिन सुरु हुन्छ । दाजुभाइले परिकार ल्याउने आशामा दिदीबहिनीहरू दाजुभाइको व्यग्र प्रतिक्षामा बसेका र यसबाट दाजुभाइ र दिदीबहिनीबीचको प्रगाढ स्नेह र ममता झल्किने थारु महिला मञ्जु डगौंरा वताउनुहुन्छ ।

दिदीबहिनीले समेत दाजुभाइलाई आफ्नो घरबाट विभिन्न खाद्य सामग्री तथा नयाँ लगाु कपडा दिएर पठाउने चलन यस समुदायमा रहेको पाइन्छ । आईतवार दिनभरी ब्रत बसेका दाजुभाईहरु राती भोलीपल्ट अर्थात सोमवार विहानै विवाहित दिदि बहिनीहरलाई कोशेली लगेर दिने र संगै वसेर सुख दुखका कुराहरु एक आपसमा वाड्ने चलन समेत रहेको थारु अगुवा महिला सिता देवी डगौरा बताउनुहुन्छ ।

अट्वारी पर्वमा थारु बाहुल्य रहेका जिल्लाका स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका छन् । थारु समुदायले आफ्ना पर्व र परम्परा मौलिक तरिकाले मनाउने गर्छन् । तर पछिल्ला दिनमा संस्कृति मनाउने मौलिक शैलीमा परिवर्तन आउन थालेको छ । अटवारीको अवसरमा जिल्लामा थारु वस्ती रहेका पालिकाहरूले विदा समेत दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);