सारा जनता ओली प्रधानमन्त्री बनेको हेर्न प्रतिक्षारत छन् : युनिक केसी | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

सारा जनता ओली प्रधानमन्त्री बनेको हेर्न प्रतिक्षारत छन् : युनिक केसी

काठमाडौं, ३१ भदौ । गायक युनिक केसीले आगामी प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई जनताले देख्न चाहेको बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै केसीले यस्तो दाबी गरेका हुन् ।

राजनीतिमा समेत आबद्ध केसीले समृद्ध नेपाल सुखी नेपालीका प्रर्बद्धकको रुपमा नेकपा एमालेका अध्यक्ष ओलीलाई जनताले चिनेको बताए । “हामीले उहाँको दुई कार्यकाल प्रधानमन्त्री भएको हेर्यौ, देशमा प्रधानमन्त्री छन् भन्ने आम जनताले महसुस गर्ने कार्यक्रम ल्याउनु भएको थियो, नीति तथा कार्यक्रम ल्याएर कार्यान्वयन हुन नपाउँदै उहाँ सत्ताबाट बाहिरीनु पर्ने बाध्यता आइलाग्यो । उहाँ गर्व गर्न लायकको प्रधानमन्त्रीको रुपमा हुनहुन्थ्यो”–उनले भने ।

ओली नेतृत्वको सरकारको पालामा अर्थतन्त्र सुधारिदै गएको र युवाहरु विदेसिनबाट रोकिन थालेको पनि केसीको भनाइ छ । ओलीकै पालामा नेपालको विकासको मार्गचित्र बनेको बताउँदै केसीले ओली नै जनताको आशाको केन्द्र रहेको बताए । उनले भने,“उहाँमाथि अकल्पनिय हिसाबले समयअघि नै छाड्नुपर्ने बाध्यता आइलाग्यो । फेरी पनि उहाँ नै प्रधानमन्त्री भएको हेर्न चाहेको छु, म मात्र होइन, सिंगो नेपालीले नै उहाँ प्रधानमन्त्री बनेको हेर्न प्रतिक्षारत छन् ।”

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);