प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति शिसँग हाङजाओमा शिष्टाचार भेट गर्नुहुने | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति शिसँग हाङजाओमा शिष्टाचार भेट गर्नुहुने

काठमाण्डौ, भाद्र २९
प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका राष्ट्रपति शि जिनपिङसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण र संयुक्त राष्ट्र संघको ७८ औं महासभाको औपचारिक भ्रमणबारे शुक्रवार प्रतिनिधि सभालाई जानकारी गराउँदै सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री दाहाल अगामी असोज ५ गते संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिएर सिधै चीन भ्रमणमा जाने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री दाहालले छोटो समय रहेका कारण संयुक्त राष्ट्र संघको ७८ औं महासभाको कार्यक्रम सकेर त्यतैबाट भ्रमण चीन भ्रमणमा जानुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले आफ्नो चीन भ्रमण दुई मुलुकबीचको विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नेपाल र नेपाली जनताको हीत एवं दुई मुलुकबीचको सम्बन्धलाई मजबुत तुल्याउन सदुपयोग गर्ने बताउनु भयो ।

यसअघि प्रधानमन्त्री दाहालले असोज ४ गते संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई न्युयोर्कमा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघको महासभामा आफूले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरु अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रुपमा स्तरोन्नति हुन आइपरेका चुनौतिबारे विश्व समूदायको ध्यानाकर्षण गराउने बताउनु भयो । उहाँले अल्प विकसित देशहरुको समूहका अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरुले झेल्नुपरेका विशिष्ट चुनौतिबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय देशमा परेको गहिरो र दूरगामी प्रभाव लगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरुप्रति विश्व समुदायको न्यायाकर्षण गराउने योजना रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालको प्रधानमन्त्रीको रुपमा चीनको यो तेस्रो भ्रमण हो । भ्रमण दल छोटो र छरितो रहेको पनि उहाँले दाबी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);