काठमाडौं, २९ भदौ । राष्ट्रिय भूमि आयोगले भूमिहीन, दलित, सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुसँग आवेदन माग गरेको छ । आयोगले जग्गा उपलब्ध गराउन स्थानीय तहबाट वडाका तोकिएका स्थानहरुमा खटिएका लगत संकलनमार्फत ३५ दिनभित्र निवेदन माग गरेको हो ।
आयोगले आज सूचना जारी गरी इलाम, सुनसरी, सोलुखुम्बु, मोरङ, झापा, संखुवासभा,उदयपुर,सप्तरी, सिरहा, सर्लाही, महोत्तरी, रौतहट, पर्सा र बारामा, बागमती प्रदेशका दोलखा, नुवाकोट, रामेछाप, धादिङ, सिन्धुली, रसुवा, काभ्रे, काठमाडौं र भक्तपुरबाट आवेदन माग गरिएको छ ।
त्यसैगरी,बागलुङ, तनहुँ, नवलपरासी पूर्व,रुपन्देही, बाँके,बर्दिया,दैलेख, डोल्पा, बझाङ, डोटी, कैलाली, अछाम, दार्चुला, डडेलधुरा र बैतडीमा पनि आवेदन संकलन हुने छ ।