च्याउँ टिप्न गएकी महिलाको गैडाको आक्रमणवाट मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

च्याउँ टिप्न गएकी महिलाको गैडाको आक्रमणवाट मृत्यु

पुष्कर भट्ट, कञ्चनपुर, भाद्र २९ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । च्याउँ टिप्न निकुञ्ज पसेकी बेलडाँडी गाउँपालिका–२ गुन्डी टोलकी ४२ वर्षीय बेलमती बुढाको गैडाको आक्रमणबाट शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

उनीसँगै अन्य दुई जना महिला पनि च्याउँ टिप्न निकुञ्ज प्रवेश गरेका थिए। उनीहरुले भागेर रुखमा चढि ज्यान जोगाएका छन्। निकुञ्ज अन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिच ताल क्षेत्रमा महिलाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए । उहाँका अनुसार निकुञ्जको टोलि घटनास्थलमा गईरहेको र प्रारम्भिक जानकारी अनुसार गैडाको आक्रमण भन्ने रहेको भन्दै महिला मृत्युवारे टोली पुगेपछि थप स्पष्ट बताएका छन ।

आजै बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको थियो।

Leave a Reply