नेम्वाङको राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८१, बुधवार

नेम्वाङको राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं, २८ भदौ । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । नेम्वाङको पार्थिव शरिरलाई छोराहरु मिङसो र सुहाङले दागबत्ती दिएका हुन् ।

त्यसपछि नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । नेम्वाङको पार्थिव शरिरलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाटीृको झण्डा ओढाएर अन्तिम बिदाई गरेका थिए ।

दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासबाट पशुपति आर्यघाटमा पु¥याएर अन्त्येष्टि गरिएको हो । नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिका लागि शुरु भएको शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुराइएको हो । राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले आज सरकारले शोक बिदा दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);