लागूऔषधसहित ३ जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८१, शुक्रबार

लागूऔषधसहित ३ जना पक्राउ 

मकवानपुर,२८ भदौ । लागूऔषधसहित ३ जना पक्राउ  परेका  छन् । मनहरी गाउँपालिका–७ पेन्चेबाट अवैध लागूऔषध गाँजा ३ किलो ७ सय ८५ ग्रामसहित पर्सा छिपरमाई गाउँपालिका–५ बस्ने ५४ वर्षीय रंभु राउत कुर्मीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चैनपुरबाट मनहरीतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ ह ०१३२ नम्बरको अटोमा सवार उनलाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको हो ।
त्यस्तै,मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ५ एम्पुल, एभिल ५ एम्पुल, फेनारागन ५ एम्पुल र डाइजोपाम ५ एम्पुलसहित झापा दमक नगरपालिका–७ बस्ने २८ वर्षीय अमन तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यसैगरी, पर्साको पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने ५५ वर्षीय माधबलाल महेताको घरबाट अवैध लागूऔषध गाँजा १ सय ७३ केजी ५ सय ग्रामसहित बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । उनको घरमा लागूऔषध गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धोरेबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार महेताको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);