शिक्षक सरुवाको अधिकार अब स्थानीय निकायलाई | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

शिक्षक सरुवाको अधिकार अब स्थानीय निकायलाई

teacher

काठमाडौं, २७ भदौ । सरकारले शिक्षकको सरुवा अधिकार स्थानीय तहलाई दिने तयारी गरेको छ । सरुवाको अधिकार स्थानीय तहलाई दिने गरी सरकारले विधेयक ल्याएको हो ।

संसदमा पेश भएको विद्यालय शिक्षा सम्बन्धि विधेयकमा स्थानीय तहले आफू अन्तर्गतका एउटा सार्वजनिक विद्यालयबाट अर्कोमा शिक्षक सरुवा गर्ने व्यवस्था छ । स्थानीय निकायले समान पदको रिक्त पदमा र आधारभुत तहको विषयगत तथा माध्यमिक तहको शिक्षकलाई विषयगत रिक्त पदमा मात्र सरुवा गर्नुपर्नेछ ।

एउटै स्थानीय तहको सार्वजनिक विद्यालयबाट अर्को स्थानीय तहको सार्वजनिक विद्यालयमा सरुवा गर्नुपरेमा रिक्त पदमा सरुवाका लागि शिक्षकले निवेदन दिनुपर्नेछ । र सोही विषयमा पनि मिल्नुपर्नेछ । दुवै स्थानीय तहको सहमति पनि चाहिन्छ ।

Leave a Reply