पुष्कर भट्ट, कञ्चनपुर, भाद्र २७ । झण्डै तीन दशक अघि २०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा घोषणा गरिएको छेला औद्योगिक क्षेत्रमा रुख कटानका लागि लगत सङ्कलन कार्य सकिएको छ । दैजी –छेला औद्योगिक क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआए) गरिएपछि थपिएका रुखहरुको व्यवस्थापन टुङ्गो लगाउने गरी कार्य अघि बढेको छ । इआएपछि औद्योगिक क्षेत्रमा थपिएका १५ हजार रुखहरुको बालाजु औद्योगिक क्षेत्र लि.ले वजेट व्यवस्थापन गरि डिभिजन वन कार्यालय संग सहमति भए संगै रुख कटान कार्य अघि वढ्ने भएको हो ।
करिव ढाई वर्ष देखि सिलान्यास गरी अलपत्र रहेको कञ्चनपुरको दैजि–छेला औद्योगिक क्षेत्र को काम अघि वढ्ने भएको छ । वातावरण प्रभाव मुल्यांकनमा समावेश नभएका १५ हजार बढी विरुवालाई इबीएम गरी व्यवस्थापन गर्ने गरी रुख कटाउन टुङ्गो लगाउन थालिए संगै औधोगिक क्षेत्र सञ्चालनको काम अगाडि बढ्ने भएको हो । यस अघि बढेका रुखको पुनः इआए गर्ने किन नगर्ने भनेर अन्यौल देखिएको थियो । इआए संशोधन प्रक्रियामा जाँदा औद्योगिक क्षेत्र सञ्चालन कार्यमा ढिलाई हुने भएकाले इबीएम गरि रुख छपान र कटानको काम अगाडि बढाईने भएको छ ।
बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले औद्योगिक क्षेत्रमा बताबरण प्रभाव मुल्यांकन(इआए)पछि थपिएका रुखको व्यवस्थापनका लागि बालाजु औद्योगिक क्षेत्र लि. को नेपालगञ्ज कार्यालयबाट कर्मचारी रुख कटान टुङ्गोमा पुगाउने गरी आएर काम गरि रहेको बताएका छन । उहाँले थपिएका रुखको व्यवस्थापन टुङ्गो लागेपछि मन्त्रिपरिषद्बाट कटान आदेश लिएर रुख कटान गरी औद्योगिक क्षेत्र सञ्चालनको ठेक्का प्रक्रियामा जाने बताएका छन ।
सरकारले औद्योगिक क्षेत्र बनाउने घोषणा गरेपछि दैजी छेला औद्योगिक क्षेत्रमा झण्डै १० वर्ष अघि २५ हजार ९ सय ७८ रुखको इआए गरिएको थियो । विभिन्न कारणले इआए गरिएको लामो समय सम्मपनी रुख कटान हुन नसकेपछि त्यस क्षेत्रका अन्य साना विरुवा बढेर १५ हजार बढी पुगेका छन् । इआए गरिएका सहित अहिले औद्योगिक क्षेत्रमा ४३ हजार रुख छपान गरिएका छन् ।
रुख छपान भएर कटान प्रक्रिया जाने गरी तयारी थालिएको डिभिजन बन कार्यालयले जनाएको छ । विचमा बजेट अभावका कारण कार्य रोकीएको बताउदै अहिले थपिएका रुखको व्यवस्थापनका लागि बालाजु औद्योगिक क्षेत्र लि. र डिभिजन वन कार्यालयले एक आपसमा छलफल र समन्वय गरी काम थप कार्य अगाडि बढाउने डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीलले बताएका छन ।
औधोगिक क्षेत्र स्थापना भए पश्चात सुदुर पश्चिमको अनुहार फेरिने र निजि क्षेत्र लगायत समग्र मुलुकमा नै आर्थिक क्रान्ती भई अर्थव्यवस्था मजवुत पार्ने वताउदै कञ्चनपुरमा प्रस्तावित सुख्खा बन्दरगाह, निर्माणाधीन महाकाली पुल र महाकाली कोरिडोर निर्माण गर्दै त्रिदेशीय नाका विस्तार गर्न सके कञ्चनपुरलाई आर्थिक केन्द्रका रूपमा अघि बढाउन सकिने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जंग बहादुर मल्ल बताउछन ।
वेदकोट नगरपालिका २ र ३ नम्बर वडामा रहने यो औद्योगिक क्षेत्रको कूल लागत ९ अर्ब रुपैया अनुमान गरिएको छ । जनचेतना सामुदायिक बन र जन चेतना सामुदायिक गरि २ वटा सामुदायिक वन पर्ने औद्योगिक क्षेत्र मुलुककै गौरवको योजनामा पर्ने आर्थिक क्षेत्रबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी करिव २२ हजार जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । औद्योगिक क्षेत्र निर्माणले गति लिने भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । आर्थिक रुपले विपन्न र मुक्त कमैयाको बसोवास रहेको औद्योगिक क्षेत्र विस्तार क्षेत्रमा उद्योग सञ्चालनमा आएमा स्थानीय स्तरमै रोजगारीदेखि गाउँको मुहार नै फेरिने स्थानीय सुन्दर राम भुल बताउछन ।
औद्योगिक क्षेत्रको डिपिआर अनुसार ३५४.८७ विगाहा क्षेत्रफलमा स्थापना गरिने औद्योगिक क्षेत्रमा औद्योगिक प्लटहरू ३२.८८ प्रतिशत रहनेछन्। सडक १६.४७ प्रतिशत रहने छ। औद्योगिक क्षेत्रमा मध्यवर्ती क्षेत्र २३.१ प्रतिशत र वन कार्यालय क्षेत्र २.१६ रहने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।
औद्योगिक क्षेत्रको लगानी ९ अर्ब अनुमान गरिएको छ। त्यहाँ २३ साना उद्योग, ४४ मझौला उद्योग र ३३ वटा ठूला उद्योग रहनेछन् । साना उद्योगका लागि ८ देखि १० कठ्ठा, मझोलाका लागि १० देखि २० र ठूला उद्योगका लागि १ विघादेखि ५ विघा क्षेत्रफल छुट्याइएको छ । औद्योगिक क्षेत्रमा कृषि, खनिज र विद्युतजन्य उद्योगहरु स्थापना हुनेछन् । औद्योगिक क्षेत्र स्थापना भएमा करिब ३० हजार मानिसले प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी पाउने छन् । सुदूरप्रदेशको मात्र नभई मुलुककै आर्थिक विकासमा टेवा पुग्ने यस्ताखाले योजनामा सरकारले समेत चाडो निर्माण सम्पन्न गर्न तर्फ तदारुकता का साथ लागी सस्तोमा श्रम बेच्न भारत तथा खाडी मुलुक जाने नेपाली नागरिकलाई रोजगारी र्सिर्जना गर्न अविलम्व पहल गर्न जरुरी छ ।