१४ पुरा भई १५ वर्ष नकटेका किशोरीहरुलाई पाठेघर मुखको क्यान्सर विरुद्धको खोप आजदेखि दिइँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

१४ पुरा भई १५ वर्ष नकटेका किशोरीहरुलाई पाठेघर मुखको क्यान्सर विरुद्धको खोप आजदेखि दिइँदै

काठमाडौं, २७ भदौ । आजदेखि सरकारले पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ किशोरीहरुलाई लगाउने भएको छ । परिवार कल्याण महाशाखाका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा एचपीभी खोप दिइदैंछ ।

त्यसैगरी, कोशी र मधेश प्रदेशमा भने नियमित खोप चल्ने भएकाले भदौ २८ र २९ मा सञ्चालन हुनेछ । उक्त खोप विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भएको खोप हो । विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीन वटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सकुलेन ब्राण्डको हो ।

पहिलो चरणमा एचपीभी खोप अहिलेको लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइने महाशाखाले जनाएको छ । खोप लिनका उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । हाल टेकुस्थित खोप भण्डारणमा उक्त खोप राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);