डडेल्धुराको श्री रणबम गणबाट ६८ सिपाही दिक्षीत | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

डडेल्धुराको श्री रणबम गणबाट ६८ सिपाही दिक्षीत

बिमल जैरु ||
डडेल्धुरा २७ भाद्र||

डडेल्धुरा स्थित नेपाली सेनाको श्री रणबम गणमा सञ्चालन भएको सैन्य आधार तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ । अमरगढी नगरपालिका–१ स्थित दह व्यारेकमा नौं महिना तालिम पूरा गरेपछि ६८ जाना सिपाही दिक्षीत भएका छन । डडेल्धुराको अमरगढी नगरपालिका–१ मा रहेको नेपाली सेनाको श्री रणबम गणमा सञ्चालन भएको सैन्य आधारभुत तालिम एक कार्यक्रमबीच सम्पन्न भएको हो । तालिमका विभिन्न बिधामा उत्कृष्ठ हुन सफल सिपाहीलाई प्रमुख अतिथिले पुरस्कर समेत वितरण गरेका थिए । यस्तै दिक्षान्त समारोहमा उपस्थित भएका सैन्यहरूका आफन्तको पनि उपस्थिती रहेको थियो । सैन्य आधारभूत तालिम सम्पन्न भएपछि सिपाहीका अभिभावकहरु खुसीका आँसु झार्दै फूलमाला, खाँदा र अविरलगाउँदै खानेकुरा खुवाएका खुसी भएका थिए ।

दिक्षान्त समारोहका प्रमुख अतिथि नम्बर २५ बाहिनी भगतपुर महेन्द्रनगरका बाहिनीपती सहायक रथी मनोज थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम समपन्न भएको थियो । बाहिनीपती सहायक रथी थापाले तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने सैन्यहरुलाई बधाई तथा शुभकामना दिनुभयो । साथै तालिम टोलीद्वारा प्रदर्शन गरिएको कवाजको निरीक्षण समेत गर्नु भएको थियो । सिपाही बलियो भए, सेना बलियो हुन्छ ,सेना बलियो भए देश बलियो हुने कुरामा सबै बफादार हुनुपर्छ भन्दै सपाहीको काम कर्तव्य, जिम्मेवारी एवम् दायित्वको बारेमा स्मरण गराउँनु भयो । जस्तोसुकै विषम् परिस्थितिमा पनि देश र जनताको सेवामा हरदम कटिबद्ध रहन निर्देशनसमेत दिनुभयो ।

श्री रगाबम गणमा दह व्यारेकमा २०७९ मंसिर १ गते बाट सैन्य आधारभुत तालिम सुरु भएको थियो । नौं महिना समयावधीको सैन्य आधारभुत तालिम पूरा गरेका सिपाहीहरु अब नयाँ नियुक्ति लिई विभिन्न युनिहरुमा खटाइने श्री रणबम गणका गणपती प्रविन थापाले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);