काठमाडौं, २६ भदौ । सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष कुमार रम्तेललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कास्कीले सहकारीका पदाधिकारीविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर रम्तेललाई पक्राउ गरेको हो ।
सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक हुन् ।
सहकारीका सञ्चालक समितिको पदाधिकारीहरुविरुद्ध ९७१ जनाले जाहेरी दिएका छन् । उनीहरुले एक अर्ब ८ करोड बढी रकम हिनामिना गरेको आरोप लागेको छ ।