काठमाडौं, २६ भदौ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं २३ को आयोजनामा मङ्गलवारदेखि लैनचौर फुटसल मैदानमा प्रतियोगिता हुँदैछ । असोज ३ गतेसम्म हुने सो प्रतियोगितामा काठमाडौं महानगरपालिका केन्द्रसहित ३० वडाको सहभागिता रहनेछ । पहिलो खेल काठमडौं महानगरपालिका र २३ वडा बीच हुनेछ ।
आयोजक वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनल नेपालमा फुटसलको व्यवसायिक प्रवद्र्धनमा योगदान गर्न र यसको माध्यमबाट खेलप्रति आम नागरिक र युवा वर्गलाई प्रेरित गराउन वडा स्तरबाटै यो फुटबल प्रतियोगितको आयोजना गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रतियोगितामा करीव ३२० युवाले प्रत्यक्ष प्रतिष्पर्धा गर्ने र पाँच सय युवा परिचालन हुनेछन् ।
नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।
यस फुटसल प्रतियोगितालाई सफल पार्न वडा सदस्य गोलपाल नापितको संयोजकत्वमा सदस्यहरु राजेश मास्के, हरिओम श्रेष्ठ, प्रज्वल शाक्य, विशाल श्रेष्ठ र रामबहादुर रम्बा रजक रहेको छ सदस्यीय मुल समिति गठन गरिएको छ ।
आयोजकले काठमाडौँ महानगरपलिका प्रमुख बालेन्द्र साहले प्रतियोगिताको उद्घाटन गर्ने जानकारी दिएको छ ।