नेम्वाङको निधनप्रति बावुराम भट्टराईद्धारा दुःख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

नेम्वाङको निधनप्रति बावुराम भट्टराईद्धारा दुःख व्यक्त

काठमाडौं, २६ भदौ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधनप्रति मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जालमार्फतस्वर्गिय नेम्वाङप्रति श्रद्धान्जली दिैंदै भट्टराईले शोकाकुल परिवाजन प्रति समवेदना प्रकट गरेका छन् ।

आाँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनले देशले ठूलो क्षति व्यहोरेको पनि भट्टराईले उल्लेख गरेका छन् ।

“पूर्व सभामुख,एमालेकाउपाध्यक्ष समेत रहेका नेम्वाङको अप्रत्यासित निधनबाट स्तब्ध र मर्माहत छु । आाँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्बांगको निधनमा देशले ठूलो क्षति व्यहोरेको छ; मैले आत्मीय मित्र गुमाएको छु।उहाँप्रति हर्दिक श्रद्धान्जली, परिवारजन र पार्टीपंक्तिमा गहीरो समवेदना !”–उनले लेखेका छन् ।

नेम्वाङको सोमबार राति १ बजे ह्दयाघातबाट उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);