काठमाडौं, २६ भदौ । नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । हुदयघातको कारण नेम्वाङको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मध्यरात १ बजे निधन भएको हो ।
ह्दयघात भएसँगै उनलाई परिवारले टिचिङ अस्पताल पुराएको थियो । अस्पताल पुराए लगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ । उनको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरु अस्पताल पुगेका छन् ।