बारामा महाअभियोग विरुद्ध युवा संघको बिरोध | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

बारामा महाअभियोग विरुद्ध युवा संघको बिरोध

श्याम गुप्ता २० बैशाख बारा ।
प्रधानन्यायधिस सुशिला कार्कीमाथी ल्याइएको महाअभियोग प्रतिशोधपूर्ण रहेको भन्दै युवा संघ नेपाल जीतपुरसिमरा नगर कमिटिले बुधवार सिमरामा बिरोध प्रदर्शन गरेको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले प्रधानन्याधिस कार्कीमार्थी संसदमा महाअभियोग प्रस्ताव ल्याएर न्यायपूर्ण शासनमा आक्रमण

बारामा महाअभियोग विरुद्ध युवा संघको बिरोध

श्याम गुप्ता २० बैशाख बारा ।

प्रधानन्यायधिस सुशिला कार्कीमाथी ल्याइएको महाअभियोग प्रतिशोधपूर्ण रहेको भन्दै युवा संघ नेपाल जीतपुरसिमरा नगर कमिटिले बुधवार सिमरामा बिरोध प्रदर्शन गरेको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले प्रधानन्याधिस कार्कीमार्थी संसदमा महाअभियोग प्रस्ताव ल्याएर न्यायपूर्ण शासनमा आक्रमण गरेको भन्दै युवा संघले बिरोध जनाएको हो ।

 

युवा संघले प्रस्ताव अबिलम्ब सच्याउन समेत माग गरेको छ । कानुनी शासन स्थापित गर्न खोजिरहेका बेला कांग्रेस र माओबादीले अत्तालिएर महाअभियोग प्रस्ताव ल्याएको युवा संघको ठहर छ । युवा संघले न्यायपालिकामाथीको हस्तक्षेप तत्काल बन्द नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

 

सिमरास्थित वडा कार्यलयबाट निस्किएको बिरोध ¥याली बजार परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै एमाले बैकल्पीक केन्द्रीय सदस्य दिनेश राईले कांग्रेस र माओबादीले कार्कीमाथी महाअभियोग ल्याएर निलम्बन गर्न खोज्नुको कारण जनताले अब बुझिसकेको बताए । सरकारमा बसेर न्यायको शासन माथीको आक्रमणलाई जनताले नस्विकार्ने उनको भनाई थियो । सभामा एमाले जिल्ला कमिटि सदस्य तारा कार्की, कमला घिमिरे, युवा संघ अञ्चल सचिवालय सदस्य हिरा बस्नेतलगायतले मन्तब्य राखेका थिए ।

 

कोणसभामा एमाले उपाध्यक्ष देवनारायण चौधरी, जिल्ला सचिवालय सदस्य डा. कृष्ण पौडेल, मनोज पौडेल, आनन्द थामी, पूर्व जिल्ला कमिटि सदस्य भोला अधिकारी, नगर संयोजक कृष्ण खनाल, युवा संघ जिल्ला सचिव ईश्वर थपलियासहित एमाले र युवासंघका जिल्ला, नगर तथा वडा स्तरीय नेताकार्यकर्ता गरी झण्डै दुई सय जनाको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण नगर सचिव दिनेश पन्तले गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);