लागूऔषधसहित ६ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं,२४ भदौ । अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–१ रानीवन बस्ने ताप्लेजुङ खक्कलुङ गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन लिम्बु समेत ३ जनालाई अवैध लागूऔषध गाँजा ८ सय ग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लिम्बुको कोठाभित्र अवैध लागूऔषध लुकाई राखेको भन्ने सूचानको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
त्यसैगरी, रूपन्देही, देवदह नगरपालिका–१० चरङ्गे रम्भाटोल बस्ने ३० वर्षीय सुशिल पुनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ९० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मोरङको रंगेली नगरपालिका–४ चोप्राहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका-८ शुक्रबारे बस्ने  १९ वर्षीय पर्वत लिम्बु र बेलबारी नगरपालिका–८ बस्ने २६ वर्षीय सन्दिप कार्की रहेका छन् । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले प्र.१–०२–०४१ प ४८२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);