काठमाण्डौ, भाद्र २३
एसिया कप एकदिवसीय क्रिकेटको सुपर फोरको दोस्रो खेलमा बङ्लादेशबिरुद्ध पहिला ब्याटिङ गरेको श्रीलंकाले मध्यम प्रदर्शन गरेको छ ।
श्रीलंकाले २८ ओभरमा ३ विकेट गुमाउदैं १२५ रन मात्रै बनाएको छ । उसका कुशल मेन्डिज ५०,पथुम निसानका ४४ र दिमुथ करुणारत्ने १८ रनमा आउट भए । बङ्लादेशका शरीफुल इस्लामले दुई र हसन महमुदले एक विकेट हात पारे ।
समूह ‘बी’ बाट श्रीलङ्का शीर्ष र बङ्लादेश दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका हुन् । सुपर फोरमा पाकिस्तान, श्रीलङ्का, भारत र बङ्लादेश रहेका छन् । पाकिस्तान समूह ‘ए’ बाट शीर्ष र भारत दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका हुन् ।
यसअघि सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्लादेशलाई ७ विकेटले पराजित गरेको थियो । सुपर फोरमा भोलि भारत र पाकिस्तानबीच खेल हुनेछ । चारवटै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्।
एसिया कपमा सहभागी नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए । नेपाल पहिलोपटक एसिया कपमा सहभागी भएको थियो ।
एसिया कपमा बङ्लादेशबिरुद्ध श्रीलङ्काको मध्यम प्रदर्शन
ताजा समाचार
मेची भन्सारले उठायो आठ अर्ब ८४ करोड राजस्व
१ घन्टा अघि