राप्ती, चितवन
विद्यार्थीहरुले अस्वभाविक गतिविधिहरु देखाउन थालेपछि राप्तीको एक बिद्यालयले पूजापाठको सहारा लिएको छ । अज्ञात रोगबाट विद्यार्थीहरू काम्ने, मुर्छा पर्ने, बर्बराउने गर्न थालेपछि अभिभावकहरुको आग्रहमा बिद्यालयमा स्वस्ती शान्तिसहित पूजापाठ गर्न गरिएको हो ।
राप्ती नगरपालिका ४ मा रहेको काशिरुपा निम्नमाध्यमिक बिद्यालयमा स्वस्ती शान्तिसहित पूजापाठ गरिएको वडाध्यक्ष केदारप्रसाद आचार्यले जानकारी दिए ।
विगत दुई हप्तादेखि विद्यार्थीहरू काम्ने, मुर्छा पर्ने, बर्बराउने गर्न थालेपछि गत हप्ता केही दिनको लागि बिद्यालय बन्द गरिएको थियो । बिद्यार्थीहरु माझ देखिएको स्वास्थ्य समस्याको बिषयमा सरोकारवालाहरु बिच छ्लफल पश्चात् अभिभावकहरुको आग्रहमा पुजापाठ गरिएको आचार्यले बताए ।
बिगत केही समय देखि सो स्कुलमा अध्ययनरत विद्यार्थीहरुमा समस्या देखिँदा अभिभावकहरु चिन्तित थिए । बिद्यालयमा समस्या देखिएपछी नगर उपप्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मी तथा मनोविदको संयुक्त टिमले बिद्यालय निरिक्षण गरि सम्बद्ध सबैसग छलफल गरेको थियो । त्यस्तै सिविन नेपालमा कार्यरत मनोविद तथा स्वास्थ्यकर्मीहरुको टिमले पनि उक्त बिद्यालयमा पुगि विद्यार्थी, अभिभावक तथा शिक्षकहरुसग छलफल गरेको थियो । तर बैज्ञानिक पाटो अनुसरण सगै पुजापाठ पनि अनिवार्य गर्नुपर्ने अभिभावकहरुको माग भएकोले पुजापाठ गरिएको वडा अध्यक्ष आचार्यले बताए ।