विद्यार्थीहरुले अस्वभाविक गतिविधि देखाउन थालेपछि चितवनको एक बिद्यालयमा पूजापाठ गरियो | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

विद्यार्थीहरुले अस्वभाविक गतिविधि देखाउन थालेपछि चितवनको एक बिद्यालयमा पूजापाठ गरियो

राप्ती, चितवन
विद्यार्थीहरुले अस्वभाविक गतिविधिहरु देखाउन थालेपछि राप्तीको एक बिद्यालयले पूजापाठको सहारा लिएको छ । अज्ञात रोगबाट विद्यार्थीहरू काम्ने, मुर्छा पर्ने, बर्बराउने गर्न थालेपछि अभिभावकहरुको आग्रहमा बिद्यालयमा स्वस्ती शान्तिसहित पूजापाठ गर्न गरिएको हो ।
राप्ती नगरपालिका ४ मा रहेको काशिरुपा निम्नमाध्यमिक बिद्यालयमा स्वस्ती शान्तिसहित पूजापाठ गरिएको वडाध्यक्ष केदारप्रसाद आचार्यले जानकारी दिए ।

विगत दुई हप्तादेखि विद्यार्थीहरू काम्ने, मुर्छा पर्ने, बर्बराउने गर्न थालेपछि गत हप्ता केही दिनको लागि बिद्यालय बन्द गरिएको थियो । बिद्यार्थीहरु माझ देखिएको स्वास्थ्य समस्याको बिषयमा सरोकारवालाहरु बिच छ्लफल पश्चात् अभिभावकहरुको आग्रहमा पुजापाठ गरिएको आचार्यले बताए ।

बिगत केही समय देखि सो स्कुलमा अध्ययनरत विद्यार्थीहरुमा समस्या देखिँदा अभिभावकहरु चिन्तित थिए । बिद्यालयमा समस्या देखिएपछी नगर उपप्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मी तथा मनोविदको संयुक्त टिमले बिद्यालय निरिक्षण गरि सम्बद्ध सबैसग छलफल गरेको थियो । त्यस्तै सिविन नेपालमा कार्यरत मनोविद तथा स्वास्थ्यकर्मीहरुको टिमले पनि उक्त बिद्यालयमा पुगि विद्यार्थी, अभिभावक तथा शिक्षकहरुसग छलफल गरेको थियो । तर बैज्ञानिक पाटो अनुसरण सगै पुजापाठ पनि अनिवार्य गर्नुपर्ने अभिभावकहरुको माग भएकोले पुजापाठ गरिएको वडा अध्यक्ष आचार्यले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);