संघीय निजामती र शिक्षा ऐन सम्बन्धी विधेयक संसदमा पेश गर्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

संघीय निजामती र शिक्षा ऐन सम्बन्धी विधेयक संसदमा पेश गर्दै

nijamati karmachari

काठमाडौं, २२ भदौ । मन्त्रिपरिषद् बैठकले संघीय निजामती विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यसैगरी सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय पनि छ । निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने र स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने निर्णय भएको सञ्चारमन्त्री मन्त्री शर्माले बताइन् ।

बैठकले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेश गर्ने निर्णय पनि गरेको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राध्यापक डाक्टर अञ्जनीकुमार झालाई नियुक्त गरिएको छ । उपाध्यक्षको सिफारिसका लागि सरकारले लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);