काठमाडौं, २१ भदौ । सुनसरीबाट बेपत्ता भएका डा.प्रज्वल कोइरालाको शव फेला परेको छ ।
बराहक्षेत्र नगरपालिका–२ को कोसी भङ्गालोमा १० दिनदेखि बेपत्ता भएका कोइरालाको शव सप्तकोसी नदीको भङ्गालो छुटेर तापु बनेको क्षेत्रमा भेटिएको प्रहरीले जनाएको छ ।
स्थानीयले उनको शव देखेर प्रहरीलाई खबर गरेका थिए । डा.कोइराला सुनसरी र उदयपुर जोड्ने पुलमा मोबाइल,जुत्ता राखेर बेपत्ता भएका थिए ।
उनको शव परिक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । प्रेम सम्बन्ध असफल भएपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।