‘विराट कोहली क्रिकेटर मात्रै होइन, भावना पनि हुन्’ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

‘विराट कोहली क्रिकेटर मात्रै होइन, भावना पनि हुन्’

काठमाडौं, १९ भदौ । एसिया कप क्रिकेटमा सोमबार नेपालले भारतसँग कडा प्रतिस्पर्धा गर्यो । पहिलोपटक एसिया कप क्रिकेटमा सहभागि भएर इतिहास बनाइसकेको नेपालले समूह चरणको निर्णायक खेलमा राम्रो ब्याटिङ गरे पनि त्यो भारतलाई चुनौती दिन पर्याप्त भएन ।

नेपाल विश्व क्रिकेटको शक्ति भारतसँग १० विकेटले पराजित भयो । कप्तान रोहित शर्मा र शुबमन गिलले ब्याटिङबाट भारतलाई सजिलो विजय दिलाए ।

आईसीसी एकदिवसीय वरीयतामा भारत तेस्रो नम्बरमा छ भने नेपाल १५औँ स्थानमा छ ।

आठौं विकेटका रुपमा नेपालका सोमपाल कामी आउट भएका थिए । कामी अर्धशतक पूरा गर्न चुके ।

सोमपालले भारतीय क्रिकेटर विराट कोहलीसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्,‘विराट कोहली क्रिकेटर मात्रै होइन, भावना पनि हुन्’

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);