कोशी सरकार बिरुद्धको रिटमाथि आज पनि सुनुवाई | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

कोशी सरकार बिरुद्धको रिटमाथि आज पनि सुनुवाई

काठमाडौं, १९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिनुभएको विश्वासको मत असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।

सोमवार पूर्ण इजलासमा सुनुवाइ शुरु गरिएको उक्त रिट निवेदनमाथि बहस जारी रहेकाले ‘हेर्दाहेर्दै’मा राखिएको थियो । आईतवार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

सोही आदेश अनुसार सोमवार न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीसहितको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ शुरु भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);