एजेन्सी, १७ भदौ । बिहारको छपरास्थित स्टेट बैंक अफ इन्डियाको चैनपुर शाखामा एक ग्राहकमाथि कुटपिट भएको छ । यसको भिडियो सार्वजनिक भएको छ । भिडियोमा बैंक कर्मचारीले ग्राहक मन्तोष रामलाई पानीको बोतल हानेर कुटेको देखिन्छ ।
वास्तवमा मन्तोषले बैंक कर्मचारीसँग आफ्नो पासबुक मागेका थिए । यो कुरामा कर्मचारी यति रिसाए र उनले बोतलले हान्न थाले ।
यो एउटा सामान्य घटना मात्र हो। बैंकका कर्मचारीले ग्राहकसँग असभ्य कुरा गर्ने, आफ्नो समय खेर फाल्ने, दैनिकजसो कामको सिलसिलामा बैंक जान लगाउने जस्ता घटना दिनहुँ हुने गरेको छ ।