एक साता अघि नै बालेन–सबिना अभिभावक बनिसकेको खुलासा | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

एक साता अघि नै बालेन–सबिना अभिभावक बनिसकेको खुलासा

काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एक साता अघि नै बच्चाको बुवा बनेको खुलासा भएको छ । आईभीएफ प्रविधिमार्फत उनकी पत्नी सबिना काफ्लेले २ छोरीलाई जन्म दिएकी हुन् ।

२ जुम्ल्याहा बच्चामध्ये एकको मृत्यु भइसकेको छ, अर्को बच्चाको अस्पतालमै राखेर उपचार भइरहेको स्रोतले जनाएको छ । बच्चा अस्पतालमै भएपनि बच्चाकी आमा सविना भने मेडिसिटी अस्पतालबाट डिस्चार्ज भइसकेकी थिइन्,उनीसहित साहको परिवार अस्पताल जाने आउने क्रम भइरहेको छ । सोही क्रममा शनिबार साझ ट्राफिकले बालेनको गाडी रोकको हुन सक्ने अनुमान गरिएको छ ।

बिहे भएको ५ वर्षपछि मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीहरुलाई जन्म दिएकी हुन् । बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो ।

शनिबार राति मेयर बालेनले महानगरको सवारी साधन सरकारले रोकेको भन्दै यस्तै भइरहेको सिहंदरबार जलाउने धम्की दिएका थिए । आगो लगाउने उत्तेजक अभिव्यक्ति दिएपछि उनको सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहेको छ ।

शनिबार साझ गाडी ट्राफिकले रोकेर सोधपुछ गरेपछि सबै कुरा बताउदा पनि नछोडेर अनावश्यक दुख दिएपछि बालेन आक्रोशित भएको बुझिएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);